नेपाल निर्माण व्यवसायी महासंघको जारी अधिवेशनमा नयाँ नेतृत्व चयन हुदै

काठमाडौँ । नेपाल निर्माण व्यवसायी महासंघको जारी अधिवेशनमा नेतृत्व चयनका लागि आज मतदान हुने भएको छ । निर्वाचनमा मुख्यगरी दुईवटा प्यानलबिच कडा प्रतिस्पर्धा देखिएको छ । वरिष्ठ उपाध्यक्ष आङ दोर्जी लामा र निर्माण व्यवसायी निकोलस पाण्डेले आ–आफ्नो समूहसहित उम्मेदवारी घोषणा गरेका छन् ।

लामा समूहबाट वरिष्ठ उपाध्यक्षमा रोशन दाहाल, एसोसिएट उपाध्यक्षमा एनपी शेर्पा, महासचिवमा शिवहरि घिमिरे र कोषाध्यक्षमा बालाजी श्रेष्ठ चुनावी मैदानमा उत्रेका छन् । युवा जोस र परिवर्तनको नारासहित मैदानमा उत्रिएको पाण्डे समूहबाट वरिष्ठ उपाध्यक्षमा मुकेश पन्त, महासचिवमा धिरेन्द्र दाहाल र कोषाध्यक्षमा उज्ज्वल गौतमले उम्मेदवारी दिएका छन् ।

पाण्डेले निर्माण व्यवसाय क्षेत्रमा देखिएका समस्याको गाँठो फुकाउने र व्यवसायी प्रतिकूल रहेका सार्वजनिक खरिद ऐनका दफाहरू खारेज गराउने प्रतिबद्धता व्यक्त गरेको बताएका छन् । वरिष्ठ उपाध्यक्षमा रोशन दाहाल र रामजी पन्त (मुकेश) पतिस्पर्धामा रहेका छन् । यस्तै उपाध्यक्ष एसोसिएटमा नरहरि थपरिया र एनपी शेर्पा प्रतिस्पर्धामा रहेका छन् । महासचिव पदका लागि बलिभद्र राना र शिवहरि घिमिरेबीच प्रतिस्पर्धा हुने भएको छ ।

सोही पदमा मंगलबहादुर शाही अशोककुमार केसी र राजकुमार बास्ताकोटीले पनि प्रतिस्पर्धा गर्दैछन् आन्तरिक उपमहासचिवमा इन्जिनियर सन्तोष साह, चन्द्रशेखर मल्ल र अनुभवी सुवित श्रेष्ठबिच प्रतिस्पर्धा हुने देखिएको छ । कोषाध्यक्ष पदका लागि बालाजु श्रेष्ठ र उज्ज्वल गौतम प्रतिस्पर्धामा छन् । सह–कोषाध्यक्ष पदमा भने उपेन्द्रकुमार घिसिङ र दिनेशबहादुर सिंह प्रतिस्पर्धामा रहेका छन् ।

पाण्डे समुहबाट निर्विरोध निर्वाचित

कर्णाली र लुम्बिनी प्रदेशमा उपाध्यक्ष हिम बहादुर बुढा र सहदेव खड्का तथा सदस्य पदहरूमा भएको सर्वसम्मत विजय केवल पद जित्ने घटना मात्र होइन, यो व्यवसायीहरूको मनोविज्ञान र भरोसाको प्रतिविम्ब हो। हिम बहादुर बुडा, सहदेब खड्का, प्रकाश खडका, डिल्लि केसी र सोभिन्द्र चौधरीको निर्विरोध चयनले एउटा सन्देश दिएको छ । व्यवसायीहरू अब स्थिर, सक्षम र परिवर्तनमुखी नेतृत्व चाहन्छन् ।