पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार
काठमाडौं । पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भएको भ्रष्टाचार सम्बन्धी मुद्दा दायर गर्ने निर्णय अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गरेको छ । विशेष अदालतमा मुद्दा दायरको प्रक्रिया चलिरहेको अख्तियार स्रोतले जानकारी दियो । अख्तियारले तत्कालीन पाँच जना मन्त्रीसहितलाई विपक्षी बनाएर मुद्दा दर्ता गर्ने निर्णय गरेको थियो ।उक्त मुद्दा लिएर अख्तियारको टोली विशेष अदालतमा छ । अख्तियारले ८ अर्ब ३६ करोड बिगो मागदाबी गर्दै मुद्दा विशेष अदालत पुर्याएको हो । तत्कालीन मन्त्रीहरू भीम आचार्य, रामकुमार श्रेष्ठ, दिपक अमात्य, रामशरण महत र पोष्टबहादुर बोगटीलाई विपक्षी बनाइएको छ ।बोगटीको निधन भइसकेको छ । उनकी पत्नी राममाया बोगटीलाई प्रतिवादी बनाइएको छ ।


